Logo

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्विकृत



काठमाडौं, ७ कार्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव बहुमतले अस्विकृत भएको छ । आज (शुक्रबार) बिहान ११ बजे बसेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीविरुद्ध ल्याइएको अविश्‍वासको प्रस्ताव बहुमतले अस्वीकृत गरेको जनाईएको छ ।

गत असोज २५ गते १८ जना सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । २७ गते नेपाल समूह अविश्वासको प्रस्तावबाट फिर्ता भएको थियो । आज पूर्वमाओवादी केन्द्रका ठम्मरबहादर विष्टले पनि अविश्वासको प्रस्तावबाट आफ्नो मत फिर्ता लिँदै मुख्यमन्त्री शाहीको पक्षमा उभिएका थिए । File Photo



प्रतिक्रिया दिनुहोस्