Logo

अष्ट्रेलियाबाट छुट्टीमा काठमाडौं आएका चौरसिया फर्जी बिल बनाई फण्ड हत्याउँदै



काठमाडौं, ७ कार्तिक । स्टुडेन्ट भिसामा अष्ट्रेलिया गएका पर्साका भेष चौरसिया विद्यार्थी भिसामा अष्ट्रेलीया गएका उनी अहिले अष्ट्रेलीयन सरकारबाट विभिन्न शिर्षकमा प्राप्त हुने फण्ड हत्याउने र फर्जि बिलहरु बनाई त्यसलाई हत्याउने खेलमा लागेका छन् । त्यसरी अष्ट्रेलियन सरकारबाट हत्याइएको पैसा उनले हुण्डीमार्फत नेपाल भित्र्याउने गरेको स्रोतको दाबी छ ।

अष्ट्रेलियन सरकारबाट प्राप्त हुने फण्ड हत्याउनका लागि उनले नेपालमा रहेका आफ्ना नातेदार तथा साथिभाईहरुको सहयोग लिने गरेका छन् । विभिन्न कम्पनीहरुबाट सेवा लिएको फर्जि बिल काट्न लगाई फण्डवापतको रकम हत्याउने गरेका उनले यसमा सघाएवापत केहि प्रतिशत कमिसन पनि दिने गरेका छन् ।

उनले आफ्नो अधिकतम कारोवार आफ्नी श्रीमती अर्चना चौरसियाको नाममा ग्लोवल आईएमई बैंक सातदोबाटो शाखामा खोलिएको खाताबाट गर्ने गरेका छन् । अहिले काठमाडौंमा आएका उनी ६ महिना नेपालमा नै बस्ने जानकारी प्राप्त भएको छ । यस क्रममा उनले नेपालमा हुण्डीको सञ्जाल विस्तार गर्नेदेखी अन्य नेटवर्क निर्माण गर्ने योजना बनाएका छन् । साथै, उनले हुण्डीमार्फत एक यूवतीको नाममा पठाएको १९ हजार अष्ट्रेलीयन डलर समेत उठाउने प्रयास गरिरहेका छन् ।

काठमाडौं शंकर होटलमा बसेका चौरसियाले नर्सिङका विद्यार्थीहरुलाई अष्ट्रेलीया लगेर काम लगाईदिने प्रलोभन दिदैँ अनुचित लाभ समेत उठाईरहेको श्रोतले जानकारी दिएको छ । नेपाल बिदा मनाउन आएको बताउने उनले काठमाडौंमा महङ्गो गाडी र बङ्गला खरिद गर्न चाहेको सुनाउदैँ आएका छन् ।



प्रतिक्रिया दिनुहोस्