Logo

फ्रान्समा एकैदिन ४१ हजारभन्दा बढी कोरोना संक्रमित



७ कात्तिक: फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका बताइएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार त्यहाँ गएको २४ घन्टा यता मात्र कम्तीमा पनि ४१ हजार ६२२ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।

यो संख्या सँगै त्यहाँ उक्त कोभिड-१९ को महामारी पछि नै २४ घन्टामा सबैभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेका यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार यस संक्रमणबाट फ्रान्समा करिब १० लाख संक्रमित पुगेका छन् । त्यहाँ गएको २४ घन्टामा १६५ जनाको निधन पनि भएको छ ।

योसँगै फ्रान्समा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३५ हजार २१० जना पुगेका छन् । त्यहाँ गत हप्ता मात्र १० हजार १६६ जना संक्रमित अस्पताल भर्ना भएका छन् । तीमध्ये १ हजार ६२७ जनालाई आइसियुमा भर्ना गरिएको छ । अधिकारीहरुले पछिल्लो समयमा फ्रान्समा कोरोना भाइरसको संक्रमण निकै दु्रत गतिमा बढ्दै गएको बताएका छन् ।

यसलाई त्यहाँका अधिकारीहरुले दोस्रो चरणको वेभ आएको हो कि भनेर पनि विश्लेषण गरिरहेका अधिकारीहरुले जानकारी दिएका छन् ।-एएनआई/File Photo



प्रतिक्रिया दिनुहोस्