Logo

कोरोना सङ्क्रमितको व्यवस्थापनमा चुनौती



काठमाडौं, कार्तिक ८ । काठमाडौँ र ललितपुर महानगरपालिका क्षेत्रभित्र कोरोना भाइरस सङ्क्रमितको व्यवस्थापनमा चुनौती थपिँदै गएको छ ।

बाक्लो बस्तीले भौतिक दूरी कायम गर्न कठिन भएको तथा दशैँ लगायतका चाडपर्वको चहलपहल र प्रभावले बजारमा नागरिकको बाक्लो उपस्थिति हुुँदा कोरोना सङ्क्रमितको व्यवस्थापनमा चुनौती बढेको हो ।

“सङ्क्रमितलाई अहिलेसम्म आवश्यक सहयोग गर्ने काम गरिरहेका छाँैं”, ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले भनिन, “होम आइसोलेनमा बसेका केही सङ्क्रमित घरबाट बाहिर निस्कन थालेको सुनिएपछि उहाँहरूको उच्च निगरानी गर्ने कामसमेत गरेका छौँं । ” उनले चुुनौती थपिँदै गएकाले चाडबाडका लागि थप मापदण्ड ल्याउनुुपर्ने अवस्था आएको बताएकी छन् ।

ललितपुर र काठमाडौँ महानगरभित्र गरी दैनिक करिब एक हजार तीन सयदेखि एक हजार पाँच सयसम्म कोरोनाका सङ्क्रमित भेटिन थालेका छन् । सत्यालका अनुसार सङ्क्रमित बढ्दै गएपछि कुन घरमा कसलाई कोरोना लागेको छ भन्ने पनि छिमेकीलाई जानकारी नभएकाले छिमेकीले चाहेर पनि आवश्यक सहयोग गर्न सकेका छैनन् ।

ललितपुुर महानगरले लक्षण नदेखिएका कोरोनाका सङ्क्रमितलाई घरैमा होम आइसोलेसनमा बस्न आग्रह गरेको छ । सत्यालले भनिन, “नागरिक आफैँ सचेत नभएसम्म जबरजस्ती गरेर कोरोना रोक्न सकिँदैन । ” अब स्थानीय सरकारले मात्र चाहेर कोरोना नियन्त्रण र रोकथाम गर्न सक्ने अवस्था नभएको सत्यालको ठम्याइ छ ।

उनका अनुसार सङ्क्रमितसँग आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी कुरा गर्दैमा कोरोना सर्दैन भन्ने कुरा अहिले स्थानीयवासीले क्रमिक रूपमा बुझ्दै गए पनि व्यवहारमा अझ कार्यान्वयन हुन नसकेको आजको गोेरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्