Logo

दशैँ बिदामा पनि बजार अनुगमन



काठमाडौं, कार्तिक ८। वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दशैँ बिदामा पनि बजार अनुगमनलाई निरन्तरता दिने भएको छ ।

दशैँ बिदाको समयमा अनुचित व्यापारिक क्रियाकलाप भई उपभोक्ता ठगिने सम्भावना रहने भएकाले विभागले दशैँभर नै अनुगमनलाई निरन्तरता दिने भएको हो ।

विभागका महादिर्नेशक नेत्रप्रसाद सुवेदीेले विभागका बजार अनुगमन निर्देशक रवीन्द्र आचार्यको नेतृत्वमा टोलीले जुनसुकै समयमा पनि बजार अनुगमन गरेर अनुचित क्रियाकलाप गर्ने व्यापारीलाई कारबाही गर्ने जानकारी दिए।

नियमित पाँच÷सात टोलीले बजार अनुगमन गर्दासमेत अनुचित क्रियाकलाप वृद्धि हुँदै गएको जानकारी दिँदै उनले भने, “बिदाको समयमा अनुगमन नै नगर्दा उपभोक्ता मारमा पर्न सक्छन् ।

हामीले अन्य समयको भन्दा कडाइका साथ अनुगमन गर्ने र व्यापारिक क्रियाकलापमा गलत नियत राख्ने व्यापारीलाई कानुनअनुसार हदैसम्मको कारबाही गर्छौं ।

”महानिर्देशक सुवेदीले यसअघि देखिने गरी अनुगमनमा जाने गरेकामा दशैँका बेलामा कर्मचारी उपभोक्ताको भेषमा बजार अनुगमनमा निस्किने तयारीमा रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्