Logo

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु



बुटवल, कार्तिक ८। रुपन्देहीस्थित कोरोना अस्पतालमा उपचार गराउँदै आएका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका वडा नंंम्बर ७ का ७५ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

विहिबार मात्रै कोरोना संक्रमण पुष्टि भएका मृतक संक्रमण पुष्टि भएकै दिन अस्पताल भर्ना थिए ।



प्रतिक्रिया दिनुहोस्