Logo

‘रअ’ प्रमुखसँग भेट गरेर प्रधानमन्त्रीले ठाडै गल्ती गर्नुभएको छ : ठाकुरमोहन श्रेष्ठ (भिडिओसहित)



काठमाडौं, ८ कार्तिक । सशस्त्र प्रहरीका अवकाशप्राप्त एआईजी ठाकुरमोहन श्रेष्ठले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको विषयमा राजनीति तरंगित हुनु स्वभाविक भएको प्रतिक्रिया दिएका छन् । उनले रअ प्रमुख गोयलले किन प्रधानमन्त्री ओलीलाई भेटे ? भन्ने कुरा भेटमा सहभागीहरुलाई नै सोध्दा राम्रो हुने तर्क गरे । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । जननिर्वाचित प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखहरुसँग कहिले ? किन र कुन अवस्थामा भेट्ने भन्नेबारे एउटा प्रक्रिया हुनेपनि उनको टिप्पणी छ । उनले रअ प्रमुख र प्रधानमन्त्रीबीचको शिष्टाचार भेटवार्तामा प्रोटोकल नमिलेको भन्दै नेपालका प्रधानमन्त्री ओलीले ठाडै गल्ती गरेको टिप्पणी गरे । हेर्नुहोस भिडिओ:



प्रतिक्रिया दिनुहोस्