Logo

भारतसँग असाध्यै सम्बन्ध बिग्रिएको थियो, सायद त्यही महशुस गरेर ओलीजीले रअ प्रमुखलाई भेटेको हुनुपर्छ : डा. दिक्षित (भिडिओसहित)



काठमाडौं, ८ कार्तिक । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले भारतसँग नेपालको सम्बन्ध ज्यादै बिग्रिएको अवस्थामा रहेको सुनाउँदै यसरी बिग्रिन नहुने थियो भन्ने धारणा राखेका छन् । उनले भने,‘हाम्रो हजारौं वर्षको पूरानो सम्बन्ध यसरी यो सरकारले बिगार्नु हुँदैनथियो । सायद त्यो कुरा महशुस गरेर, मेरो विचारमा ओलीजीले रअ प्रमुखलाई भेटेको हुनुपर्छ । यहाँ टिकाटिप्पणी हुन्छ कि प्रधानमन्त्रीले रअ प्रमुखलाई किन भेटे ? स्तर मिलेन भनेर ? प्रधानमन्त्री भनेको त देश चलाउने व्यक्ति हो, उसले जसलाई पनि भेट्न पाउँछ । प्रधानमन्त्रीलाई यो खालको डेमोक्रेसीमा पूरा अधिकार छ । उनलाई सरकार पनि सर्र्वेसर्वा अधिकरा छ ।’ हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्