Logo

‘दशैं मनाउनुपर्छ, दुर्गालाई खुशी नपारी हुँदैन तर विशेष सावधानीका साथ मनाउनुपर्छ’ : डा. माधव भट्टराई



काठमाडौं, ८ कार्तिक । नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष डा. माधव भट्टराईले यतिवेला नेपालीहरु दशैंको मध्य अवधिमा रहेको सुनाउँदै कोरोना महामारीको बीचमा सबै नेपालीले विशेष सावधानीका साथ दशैं मनाउनुपर्ने सुझाव दिएका छन् ।  आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. भट्टराईले यस्तो बताएका हुन् । उनले भनेका छन्,‘हामीले यसपटक दशैं विशेष सावधानीका साथ र होशियारीपूर्वक मनाउनुपर्छ । तर, दशैं नमनाई हुँदैन् । दुर्गालाई खुशी नपारी हुँदैन् । किनभने हाम्रो त शक्ति, साधना गर्ने राष्ट्र हो । ईतिहासदेखि आदिकालदेखि हामीले त्यो गर्दै आएका छौं । हामीले मनाउनुपर्छ । तर, हामीले अहिले माहामारीसँग पनि जुध्नुपरेको छ । त्यसैले होशियारपूर्वक मनाउनुपर्छ । सोसल डिस्ट्यान्समा रहेर मास्क लगाएर मनाउनुपर्छ । पवित्र चोखो भएर मनाउनुपर्छ ।’

उनले आज महाअष्टमी भएको सुनाउँदै यसको महत्व र कसरी पूजा गर्ने भन्नेपनि सुनाएका छन् । ‘जहाँसम्म महाअष्टमीको कुरा छ । आज यसपटकको दशैंको उत्कर्षको दिन हो । फूलपातीबाट साँच्चै दशैंले हामीलाई छोप्दछ । महाअष्टमीको दिन विशेषतः महागौरीको पूजा गर्नुपर्छ । महागौरी भन्ने दुर्गाको । जयन्ती मंगला भद्रकाली कपाली ईत्यादी मन्त्रहरु छन् । मन्त्र पढ्ने, जप गर्ने । पाठ गर्ने । चण्डी पाठ गर्ने । अब हाम्रो आफ्नो आफ्नो हैसियत, अनुकुलताअनुसार र राति आज कालरात्रि हुन्छ । कालरात्रिमा विशेषगरेर बली गर्नेहरुले बली गर्छन् । आज मानिसहरुले अहिले हामी दशैंको मध्य अवस्थामा पुगिराखेका छौं । सावधानी अपनाउने हाम्रो संस्कृति र प्रवृत्ति हो । तर, सावधानी अपनाउने नाममा दशैं नमनाउने होईन । दुर्गाको आराधानीगर्ने समय हो । महामारी भनेको दुर्गाले बनाएको हो । उहाँलाई प्रसन्न बनाउनुपर्छ । हामीले शक्ति आर्जन गर्नुपछ ।यस्तो महाव्याधि नष्ट गर्नुपर्छ । पूज ागर्न हुँदैन भन्ने खालको सनदेश दिनुहुँदैन् ।’

उनले मन्दिरमा गएर पूजा गर्न पनि हुने सुनाए । कोरोना महामारीको कारण विशेष सावधानी अपनाउनुपर्ने पनि जिकिर गरे । उनले भने,‘घरमा बस्दापनि हुन्छ । भीडभाड गर्नुभएन । मन्दिर जाँदा हुन्छ । मास्क प्रयोग गर्ने। प्ूजा कोठामा शुद्ध भएर जानुपर्छ । सफा लुगा लगाएरमात्रै जानुपछ । यो त हाम्रो आचार संहिताभित्रै पर्छ । पूजा रौकने सन्देश दिनुहुँदैन् । हामीले त के भने सावधान भएर पवित्र भएर अनुष्ठान गनुृहोस । दूरी कायम गर्नुहोस् । जनतालाई कन्भिन्स गर्नुपर्छ । जनता नबुझ्नेपनि छैनन् ।’



प्रतिक्रिया दिनुहोस्