Logo

अमेरिकी राजदूत बेरीद्धारा आफ्नै हातले खसीको मासु पकाएको भिडिओ सेयर (भिडिओसहित)



काठमाडौं, ८ कार्तिक । नेपालीहरुको महान चाड दशैंको आज मध्य दिन, महाअष्टमी । देशभरि विभिन्न शक्ति पिठमा पूजा आजा गरिएको छ । आज बली दिने चलनपनि छ । दशैं नेपालीले मात्रै नभएर नेपालमा बस्ने विदेशीहरुले पनि मनाउँदै आएका छन् । नेपालका लागि संयुक्तराज्य अमेरिकाका राजदूत र्याण्डी डब्लु बेरीले आज अष्टमीको दिन खसीको मास आफ्नै हातले पकाएको भिडिओ सेयर गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत राजदूत बेरीले उक्त भिडिओ सार्वजनिक गर्दै अष्टमीको शुभकामनासमेत दिएका छन् । आफूले नेपालमा धेरै पटक दशैं मनाएको पनि उनले उल्लेख गरेका छन् । यसपटक भने दशैंको बेला आफ्नै हातले खसीको मासु पकाएर नयाँ तवरले मनाएको उनले सुनाएका छन् । खसीको मासु पकाउनको लागि आफूले काठमाडौं पोष्टका पूर्व सम्पादक अनुप काफ्लेबाट प्रभावित भएको सुनाएका छन् । उनले आफू सेफ भन्दापनि राम्रो कुटनीतिज्ञ भएको उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्