Logo

रअ प्रमुखले प्रधानमन्त्री ओली भेट्दा डा. बाबुराम भट्टराई किन मौन ?



काठमाडौं, ८ कार्तिक । भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयल काठमाडौं आएर दिल्ली फर्किसकेका छन् । तर, नेपालमा भने उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको शिष्टाचार भेटलाई लिएर विभिन्न टिकाटिप्पणी जारी छ । कतिपयले रअ प्रमुखले प्रधानमन्त्री ओलीसँग गरेको शिष्टाचार भेटलाई प्रोटोकल नमिलेको भनेर आलोचना गरिरहेका छन भने कतिपयले पहिले पहिले नेपाली नेताहरु दिल्ली धाउने गरेको भएपनि अहिले दिल्लीबाट काठमाडौं धाउने अवस्था सुरु भएको भनेर यसलाई सकारात्मक रुपमा लिनुपर्ने चर्चा गरेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले नै रअ प्रमुखले ओलीसँग गरेको शिष्टाचार भेटलाई लिएर आलोचना र आपत्ति जनाएका थिए । तर, जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई भने रअ प्रमुखको नेपाल भ्रमणबारे मौन बसेका छन्। सामाजिक सञ्जालमा निकै सक्रिय डा. भट्टराई हरेक घट्नाक्रम र महत्वपूर्ण विषयमा आफ्नो धारणा राख्ने गर्दै आएका थिए । तर, रअ प्रमुखको नेपाल भ्रमणबारे केही बोलेका छैनन् ।

Related News:

‘पहिला/पहिला नेपाली नेता लाईन लागेर ईण्डियामा धाउँथे, यसपटक भारतका रअ प्रमुखदेखि सेनाअध्यक्ष नेपाल आउँदैछन्’ : श्रेष्ठ

भारतसँग असाध्यै सम्बन्ध बिग्रिएको थियो, सायद त्यही महशुस गरेर ओलीजीले रअ प्रमुखलाई भेटेको हुनुपर्छ : डा. दिक्षित (भिडिओसहित)

‘रअ’ प्रमुखसँग भेट गरेर प्रधानमन्त्रीले ठाडै गल्ती गर्नुभएको छ : ठाकुरमोहन श्रेष्ठ (भिडिओसहित) 

प्रधानमन्त्रीबाट नै राष्ट्रिय सुरक्षामा थ्रेट देखिएको छ : गगन थापा 

‘गोप्य रुपमा भेट्ने, खुसामत गर्ने र षड्यन्त्रकारी योजनाहरुमा सामेल हुनेहरुले प्रधानमन्त्रीसँग रअ प्रमुखले गरेको शिष्टाचार भेटलाई प्रोटोकल नमिलेको भन्न सुहाउँदैन्’ : सूर्य थापा 

‘रअ प्रमुखसँग प्रधानमन्त्री राति लम्पसार पर्ने भनेको त नेपाली जनताको लागि अत्यन्तै लज्जाजनक र असह्य कुरा भयो’ : उपाध्याय 

प्रधानमन्त्रीले ‘रअ’ प्रमुखसँग बालुवाटारमा भेटेपछि भीमार्जुनको टिप्पणी : ‘सत्तासिन कम्युनिष्टहरुको “अन्तिम” राष्ट्रवाद यसपटक देख्न पाइयो’ 

प्रधानमन्त्री ओली र ‘रअ’ प्रमुखबीच के-के कुराकानी भयो, डा. राजन भट्टराईले गरे यस्तो खुलासा (भिडिओसहित) 

बालुवाटारमा ‘रअ’ प्रमुख गोयललाई प्रधानमन्त्री ओलीको न्यानो आतिथ्यता, पार्टीभित्र चर्को आलोचना



प्रतिक्रिया दिनुहोस्