Logo

२२ सय २५ कोरोना संक्रमित थपिए, १३ जनाको मृत्यु



काठमाडौं, ८ कात्तिक । पछिल्लो २४ घण्टामा १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितमध्ये १४ सय ४६ जना पुरुष र ७ सय ७९ जना महिला रहेका छन् । थपिएका मध्ये काठमाण्डौ उपत्यकाका ११ सय १० जना रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ । परीक्षण गरिएकामध्ये ११.२ प्रतिशतमा संक्रमण देखिएको छ । त्यस्तै २४ घण्टामा २ हजार ८४६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ८ हजार ३३४ संख्या पुगेको छ । संक्रमितमध्ये ६९ दशमलब ८ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।

पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म ८ सय ४२ जना संक्रमितको मृत्यु भएको छ । यो कूल संक्रमितको शुन्य दशमलब ५ प्रतिशत हो । अहिले देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ पुगेको छ । तिमध्ये ३२ हजार ८ सय ७३ जना होम आइसोलेनमा छन् भने बाँकी अस्पतालमा रहेकामध्ये ३ सय ७ जनाको आइसियुमा र ७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नेपालका झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलाली गरी १५ वटा जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । त्यस्तै मुस्ताङमा हालको अवस्थामा सक्रिय संक्रमित छैनन् । हालसम्म पीसीआर विधिबाट १३ लाख ८० हजार ८६२ नमुना परीक्षण गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३ हजार ३२२ जना रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्