Logo

‘दशैंमा मासु खानु हुन्छ, तर रातो मासु अलिक कम खाऔं’ : डा. देवकोटा



काठमाडौं, ८ कार्तिक । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सूर्य देवकोटाले दशैंमा मासु खाने परम्परा भएकोले मासु खाँदा स्वस्थ र कम खानुपर्नेमा जोड दिएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. देवकोटाले यस्तो बताएका हुन् । उनले खसी अथवा अन्य जेको मासु खाएपनि रातो मासु कम मात्रामा खाँदा राम्रो हुने सुझाए । उनले भने,‘खाँदै नखाने भनेर त म भन्दिन् । तर, बोसो कम भएको मासु खानुपर्छ । बोयल खालको सफा तरिकाले खाने ।’

मुटु रोगीहरुले मासु खानेभन्दापनि चाख्न पाईने उनले सुझाव दिए । उनले भने,‘एकदम बेस्सरी खानुहुँदैन् । टन्न खानुहुँदैन् । अहिले दशैंको बेलामा जस्तै बोयल तरिकाले, बोसोरहित दुई÷चार चोक्टा खान हुन्छ । दशैं त मान्नैपर्यो । अलिकति प्राक्टिकल कुरा पनि गर्नुपर्यो ।’ अहिले कोरोना संक्रमणको खतरा रहेको पनि उनले सुनाए । आफ्नो परिवार जोगाउने दायित्व प्रत्येक नागरिकको भएको सुनाउँदै उच्च संक्रमण जोखिम समूहलाई टाढै राख्नुपर्ने डा. देवकोटाले जनाए ।



प्रतिक्रिया दिनुहोस्