Logo

आज २ हजार २ सय २५ जना कोरोना संक्रमित थपिए



काठमाडौं, ८ असोज । नेपालमा २ हजार २ सय २५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या एक लाख ५५ हजार २ सय ३३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थपिएका संक्रमितबारे आज (शनिबार) अपराहन्न जानकारी दिएको हो । पछिल्लो समयमा संक्रमितको संख्या बढिरहेको छ । संक्रमणमुक्त हुनेको संख्या एक लाख ८ हजार ३ सय ३४ नाघेको छ । अहिलेसम्म ८ सय ४२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्