Logo

सीमा क्षेत्रमा बेहोशको उद्धार गरी आफन्तलाई जिम्मा



कञ्चनपुर, ८ कात्तिक: पश्चिमी सीमा नाका गड्डाचौकीमा बेहोशावस्थामा भेटिएका दुई जनालाई आफन्तको जिम्मा लगाइएको छ । भारतको उत्तराखण्ड राज्यको गढवालबाट मजदूरी गरी दशैंँ मनाउनका लागि फर्केका कैलाली, भजनी नगरपालिका –१ का १८ वर्षीय कौशल बुढा र २० वर्षीय सन्तोष बुढालाई सीमा नाकाबाट उद्धार गरिएको हो ।

“सीमा क्षेत्रमै बेहोस अवस्थामा भेटिएका दुवैलाई सामान्य उपचारपछि महाकाली अस्पतालमा भर्ना गरिएपछि होश खुल्यो”, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, “होश खुलेपछि परिवारजनसँग सम्पर्क गराई जिम्मा लगाएका छौ ।”

दुवैले भारतीय सीमावर्ती बजार वनबासा पुगेर जुस पिएपछि बेहोस भएको बताएका छन् । लुटपाट गर्ने उद्देश्यले दुवै जनालाई जुस खुवाइएको हुन सक्ने बताइएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्