Logo

देशभर आधाभन्दा बढी सक्रिय कोरोना संक्रमित काठमाडौं उपत्यकामा, ११ सय १० कोरोना संक्रमित थपिए



काठमाडौं, ८ कात्तिक । काठमाडौं उपत्यकाभित्र बितेको २४ घन्टाभित्र ११ सय १० जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालया अनुसार उपत्यकाभित्र ४ सय २९ महिला र ६ सय ८१ पुरुष संक्रमित थपिएका हुन् ।

उपत्यकामा कुल २४ हजार ७ सय ९ जना सक्रिय संक्रमित छन् । यो कुल संक्रमितको आधा भन्दा बढी संख्या हो । देशमा हाल ४६ हजार ५७ सक्रिय कोरोना संक्रमित छन् ।

उपत्यकाभित्र काठमाडौंमा २० हजार ७ सय २२, ललितपुरमा २५ सय ३३ र भक्तपुरमा १४ सय ५४ सक्रिय संक्रमित छन् । काठमाडौं उपत्यकामा हालसम्म ३ सय एक जना कोरोना भाइरसको संक्रमितको मृत्यु भएको छ ।

हालसम्म काठमाडौंमा एक सय ९२, भक्तपुरमा ५५ र ललितपुरमा ५४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्