Logo

चन्द्रमाबारे नासाले पत्ता लगायो सनसनीपूर्ण तथ्य, सोमबार खुलासा गर्ने



एजेन्सी, ८ कात्तिक । नासाले चन्द्रमाबारे सनसनीपूर्ण तथ्य पत्ता लगाएको छ । उसले रोचक अन्वेषणलाई आगामी सोमबार खुलासा गर्ने जनाएको छ ।

नासाले ब्लगपोष्टमा रोचक तथ्य पत्ता लगाएको मात्र भनेको छ । त्यो तथ्य के हो सोमबार मात्र खुलाउनेछ । योसँगै नासाको अन्वेषणबारे विश्वभर चासो बढेको छ ।

नासाले चन्द्रमाको अन्वेषण कार्यक्रममा पछिल्लो तथ्य पत्ता लाग्नुलाई महत्वपूर्ण उपलब्धि मात्र भनेको छ । अमेरिकाले सन् २०२४ मा पुरुष र महिलालाई चन्द्रमाको यात्रामा पठाउन लाग्दा पछिल्लो तथ्य पत्ता लागेको हो । मङ्गल ग्रहमा अमेरिकाले सन् २०३० मा मानवसहितको यान पठाउने भएको छ ।



प्रतिक्रिया दिनुहोस्