Logo

आइपीएलमा दिल्लीको चौँथो हार, कोलकता ५९ रनले विजयी



कात्तिक ८, काठमाण्डौ । इंन्डियन प्रिमियर लिग आइपीएलमा दिल्ली क्यापिटल्र्सले कोलकाता नाइटराइडर्ससँग ५९ रनको हार ब्यहोरेको छ । भर्खरै सम्पन्न खेलमा हार ब्यहोरेसँगै दिल्लीले प्लेअफको यात्रा पक्का गर्नबाट चुकेको छ भने शिर्ष स्थानमा उक्लने मौका पनि खेर फाल्यो ।

आबुधावी स्थित शेख जायद क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले सुनील नरायन र नितेश राना अर्धशतकको मद्दतले निर्धारीत २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ९४ रन बनाएको थियो । रानाले ५३ बलमा ८१ रन बनाए भने नारिनले ३२ बलमा ६४ रन बनाए । दिल्लीका मार्कुस स्टोनिस, एनरिच नोर्टजे र कागिसो राबडाले २–२ विकेट लिए । जवाफमा दिल्ली २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ३५ रनमा रोकियो ।

दिल्लीका लागि कप्तान श्रेयस एयरले सर्वाधिक ४७ रन बनाए भने अन्य ब्याट्सम्यानले खराब प्रदर्शन गरे । कोलकताका भरुन चक्रमवर्तीले चार ओभरमा २० रन दिएर ५ विकेट लिए । जितपछि कोलकाताको ११ खेलमा १२ अंक भएको छ । उसले प्लेअफको सम्भावना कायमै राखेको छ । दिल्लीको जारी प्रतियोगितामा चौथो हार हो । ११ औँ खलेमा चौथो हार बेहोरेको दिल्ली १४ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ । त्यसैगरी ११ खेलमा १२ अंकसहित कोलकता चौँथो स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्