Logo

कृषिमा अनुदान दुरुपयोग रोकेर सुशासनमा जोड



बुटवल, ८ कात्तिक: कृषि तथा पशुपन्छीमन्त्री घनश्याम भुसालले कृषिमा अनुदान दुरुपयोग रोकेर सुशासनमा जोड दिइएको बताएका छन् । यसको परिणाम केही वर्षपछि मात्रै आउने उनको भनाइ छ ।

रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं ४ को वडा भवन कार्यालयको आज शुभारम्भ गर्दै उनले स्थानीय सरकारले गरेको सडक वा कुलो निर्माणले राष्ट्रिय विकासमा मद्दत पु¥याउने बताए । मन्त्री भुसालले बाटो, कुलो, सडक, स्वास्थ्यचौकीलगायत संरचना राम्रो भएको र अझै केही गर्न बाँकी रहेको औँल्याए ।

सो अवसरमा प्रदेशसभाका सदस्य तुल्सी चौधरीले विकासनिर्माणमा प्रतिपक्षीले विरोधका लागि विरोध गरेको आरोप लगाए । शुद्धोधन गाउँपालिकाका प्रमुख किशुनचन्द्र चौधरी, उपप्रमुख विमला ज्ञवाली, वडाध्यक्ष राजेन्द्र कँंडेललगायतले जनताका समस्यालाई केन्द्रमा राखेर गाउँपालिकाले संरचना निर्माण गरिरहेको बताए । सो भवन रु ७४ लाखको लागतमा दुई वर्षका अवधिमा तयार भएको हो ।-रासस



प्रतिक्रिया दिनुहोस्