Logo

राजलवटद्धारा गोकर्णेश्वरमा निःशुल्क गुर्जोको विरुवा वितरण, कोरोना पोजेटिभलाई धुलो प्याकेट प्रदान (फोटोफिचर)



काठमाडौं, ८ कार्तिक । निःशुल्क गुर्जो वितरण अभियन्ता कमलबहादुर राजलवटले आज काठमाडौंको गोकर्णेश्वरमा निःशुल्क गुर्जोको विरुवा वितरण गरेका छन् । राजलवटले गोकर्णेश्वरको सुगमनगरमा तीन सय विरुवा बेर्ना वितरणको साथै गुर्जोको चिया समेत खुवाएका थिए । त्यस्तै, उनले कोरोना पोजेटिभ व्यक्ति तथा परिवारका सदस्यहरुलाई गुर्जोको धुलो औषधी तथा गुर्जोको प्याकेट वितरण गरेका थिए । हिजोमात्रै, उनले काठमाडौंका उपत्यकामा पन्ध्र सय विरुवा वितरण गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्