Logo

कांग्रेसको प्रश्न : नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी समेत नबुझ्ने सरकारबाट कानूनी राज्यको कस्तो अपेक्षा राखौं ?



काठमाडौं, ८ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ दल नेकपाको स्थानीय दुई समूहबीच पर्सामा घटेको हालैको घट्नालाई लिएर आफ्नो गम्भीर ध्यानाकृष्ट भएको बताएको छ । उसले आज एक विज्ञप्ती जारी गर्दै पर्सा जिल्लामा असोज ६ गते बिहीबार झडप भएको, एक घाइतेको उपचारका क्रममा निधन भएको र दोषीमाथि कारवाहीको जाहेरी बुझ्न प्रहरीले अस्विकार गरेको र मृत्तकको शब अझै अस्पतालमा रहेको सार्वजनिक समाचार विवरणहरुप्रति ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको बताएको हो ।

उक्त घट्ना अत्यन्तै दुःखद् भएको पनि कांग्रेसको भनाई छ । पर्साको घट्नाको बास्तविकता तत्काल सार्वजनिक गर्नसमेत कांग्रेसले माग गरेको छ । र, उक्त घट्नाको गहिरो छानबिन गरी दोषीमाथि कारबाही गर्न कांग्रेसले माग गरेको छ । हेरौं विज्ञप्ती जस्ताको त्यस्तै:

 



प्रतिक्रिया दिनुहोस्