Logo

रियलसँग बार्सा ३-१ ले स्तब्ध, एल क्लासिकोमा फातीको किर्तीमानी



स्पेन, ८ कार्तिक । स्पेनिस ला लिगा फुटबलको बहुचर्चित एल क्लासिको भीडन्तमा रियलले बार्सालाई ३–१ ले हराएको छ । बार्साको खेल मैदान नाउ क्याम्पमा भएको खेलमा रियलको जितमा फेडेरिको भालभर्डेले खेलको पाँचौ मिनेटमै पहिलो गोल गरेका थिए । त्यसको तीन मिनेट नबित्दै बार्सिलोनाका १७ वर्षीय युवा फरवार्ड आन्सु फातीले गोल फर्काएका थिए ।

एल क्लासिकोमा फातीले सबैभन्दा कम उमेरमा गोल गर्नेमा किर्तीमानी राखेका छन् । पहिलो हाफ एक एक गोलमा टुँग्गिएपनि दोस्रो हाफको अन्त्यतिर रियलले दुई गोल थपेको हो । रियल कप्तान सिर्जियो रामोसले ६३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे भने ९०औं मिनेटमा लुका मोड्रीचले गोल थप्दै ३–१ को विजय दर्ता गराएका हुन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्