Logo

सामसुङ इलेक्ट्रोनिक्सका मालिक ली कुन हीको निधन



सोल, कार्तिक ९ । दक्षिण कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुन हीको निधन भएको छ । ७८ वर्षका ली कुन हीको आइतबार विहान निधन भएको अन्र्तराष्ट्रिय सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन् ।

लामो समयदेखि बिरामी लीको उपचारका क्रममा अस्पतालमा निधन भएको हो । ६ वर्षअघि हृदयघातको समस्या देखिएपछि अस्पताल भर्ना भएका ली पूर्ण अस्पतालको निगरानीमा रहदै आएका थिए ।

ली विमारी भएपछि अस्पताल भर्ना भएयता कम्पनीको जिम्मेवारी छोरा ली जेई योङले सम्हाल्दै आएका थिए । लीका एक छोरा र दुई छोरी रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्