Logo

कञ्चनपुरमा छोराले गरे आमाको हत्या



कञ्चनपुर, कार्तिक ९ । सामान्य घरायसी विवाद हुँदा कञ्चनपुरमा छोराले आमाको हत्या गरेका छन् । पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थित सुकुम्बासी बस्तीका ३० वर्षीय पप्पु वादीले आफने आमा ५७ पार्वतीको हत्या गरेका हुन् ।

शनिबार राती विवाद हुँदा पप्पुले पार्वतीलाई कुटपिट गरी हत्या गरेको प्रहरीले बताएको छ । पप्पुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस्