Logo

दुर्गा प्रसाईसँग सहकार्यपछि तेजेन्द्र खड्काको उद्घोष : राज्यलाई दुई वर्षभित्र १० अर्ब ट्याक्स बुझाउँछौं (भिडिओसहित)



काठमाडौं, ९ कार्तिक । टाईगर ब्रुअरीका अध्यक्ष तेजेन्द्र खड्काले आगामी दुई वर्षभित्र राज्यलाई दश अर्ब ट्याक्स बुझाउने घोषणा गरेका छन् । प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग दशैंविशेष कुराकानी गर्दै खड्काले यस्तो घोषणा गरेका हुन् । कुराकानीको क्रममा उनले भने,‘देश बनाउनु भनेको हामीलाई राम्रो हुने हो। अहिले दुर्गा प्रसाईजीले चार अर्ब लगानी गर्नुभयो । अबको दुई वर्षभित्र हाम्रो टाईगर ब्रुअरीले १० अर्ब ट्याक्स तिर्छौं । हाम्रो कम्पनी एकदम सफल हुन्छ ।’

उनले आफूहरुले कम्पनीलाई देशमा नम्बर वान ट्याक्स तिर्ने कम्पनी बनाउने संकल्प लिएका सुनाए । उनले भने,‘हामीसँग कुनै लोभ र लालच छैन् । देश बनाउने हो । हामी हिँड्ने रोड चिल्ला हुनुपर्छ । बक्ति जानुहुन्न । हामी सचेत भएर देश विकास निर्माणमा योगदान पुर्याउने संकल्प गरेका छौं ।’ उनले आफू भविष्यमा म राजनीतिमा आउने कुनै सोच नबनाएको पनि सुनाए । उनले भने,‘म एमपी बन्ने हल्ला हो । मेरो संकल्प भनेको त देशमा कसरी नम्बर वान ट्याक्स पेअर बन्ने हो ? राजनीतिमा किन आउनुपर्यो । ट्याक्स तिरे सेवा भएन र ? हामी उद्योगी÷व्यवासीयहरुले समृद्धिको लागि काम गर्ने ।’

उनले सिमित र नियमित रुपमा मदिरा सेवन गर्दा स्वास्थ्यलाई राम्रै हुने पनि बताए । उनले भने,‘थोरै पिउँदा राम्रो हुन्छ । मापदण्ड भएको गुणस्तरीय मदिरा पिउँदा स्वास्थ्य पनि राम्रो हुन्छ । हाम्रो टाईगर ब्रुअरीको उत्पादनहरु भारतमा पनि धेरै बिक्रि भैरहेको छ । यो हाम्रो नेपाली ब्राण्ड हो । यसमा कसैको पनि लगानी छैन् ।’ उनले टाईगर ब्रुअरीमा मेडिकल व्यवासीय दुर्गा प्रसाईसँग सहकार्य गरेको जानकारी दिए । उनले भने,‘हामीले दिर्घकालिन सहकार्य गर्नेगरि अघि बढेका छौं । अब मार्सी वियर अन्तर्राष्ट्रिय बजारमा जान्छ । यो आउन केही समय लाग्छ । दुई महिनाभित्र बजारमा आउँछन् । रिसर्च पनि भैरहेको छ । मार्सी बियर चल्छ । जुन तरिकाको हामीले राईस लिएर रिसर्च गर्दा सुगरको मात्रा कम गरेर पठाउँछौं ।’

उनले नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मार्सी चामल खाएपछि मार्सीको चर्चा भएको सुनाए । उनले भने,‘त्यही चर्चाको कारणले ल्याउन खोजेको हो । जौ पनि यहीँ उत्पादन गरौं । हामी किन्छौं । नेपाली वस्तु हामीले प्रयोग गरौं । म बाट सुरु गरौं । हाम्रा उत्पादनहरु बाहिर निर्यात गर्नुपर्छ ।’ तपाई र दुर्गा प्रसाईबीच कसरी भेट भयो ? भनेर पत्रकार धमलाले गरेको प्रश्नमा उनले भने,‘नेपाल सानो छ । एक व्यवासीयको अर्कोसँग चिनजान छ । उहाँ मेडिकल लाईनमा जानुभएको छ । विर्तामोड भनेको सुदुर पुर्व हो । विर्तामोडमा त्यत्रो अस्पताल खोल्नुभउको छ । यो त विकास गर्ने हो । भारतबाट पनि उपचार गर्न आउँछन् । व्यापार हुन्छ । देशको लागि राम्रो हो । प्रसाईजीको सोच राम्रो छ । म पनि ३२ वर्ष भारत बसेको थिएँ । म पनि नेपालमा विजनेश देखेर यहाँ आएको हुँ । सबै व्यापारीको यही सोच हुनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्