Logo

चेल्सी र म्यानचेस्टर युनाइटेडबीच बराबरी



एजेन्सी, ९ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन् । गएराति भएको खेलमा चेल्सीले म्यानचेस्टरको घरेलु मैदानमा गोलरहित बराबरी खेलेको हो ।

खेलको पहिलो हाफमा सिजर अजपिलिकुइटालाई फाउल गरेपछि चेल्सीका प्रशिक्षक फ्रान्क लामपार्डले पेनाल्टी अपिल गरेका थिए । तर, रेफ्रीले पेनाल्टी दिएनन् ।

बराबरीसँगै चेल्सी छैठौं स्थानमा उक्लिएको छ । युनाइटेड १५ औं स्थानमा छ । यसपटक लिगमा कुनै पनि टोलीले शुरुवाती प्रभावशाली खेल प्रदर्शन गरेका छैनन् । यसले लिग विजेताको होडमा धेरै टोली देखिएका छन् ।



प्रतिक्रिया दिनुहोस्