Logo

भीडभाड र हुलहालमा नक्कली नोटको बिगबिगी



काठमाडौँ, ९ कात्तिक: दशैंका लागि किनेमेन गर्ने, घर फर्कनेको भिडभाड बढेको छ । भीडभाड र हुलहालमा नक्कली नोटको बिगबिगी नै हुने गरेको छ ।भीडभाडमा नक्कली नोट भिडाउने गरिन्छ । यस्तो अवस्थामा सावधानी अपनाउनु जरुरी छ ।
प्रयाजसो ठूलादरका १ हजार र पाँच सयका नोट नक्कली हुने गरेका छन् । ठूला दरका नोट लिदा सावधानी अपनाउनु जरुरी छ ।

ठूला दरका नोट लिदा सक्कली हो वा नक्कली हेरेर मात्र लिने गर्नु पर्छ । नक्कली नोट हेरेर, छामेर र प्रयोग गरेर छुट्याउन सकिन्छ  ।

अहिले ५, १०, २०, ५०, सय, पाँच सय र हजार दरका नोट छापिन्छन् । त्यसमा पनि पाँच सय र हजार दरका नोट नक्कली हुन सक्ने सम्भावना बढी हुन्छ । साना दरका त्यती धेरै नक्कली नभएको अहिलेसम्मको अध्ययनले देखाएको राष्ट बैंकको भनाइ छ ।

अरुले दिएको नोट नक्कली नपरोस् भन्नका लागि हामीले चिन्न सक्नुपर्छ  ।

नक्कली नोट हेरेर, छामेर र प्रयोग गरेर छुट्याउन सकिन्छ  । हेरेर पत्ता लगाउन नोटमा भएका विभिन्न चित्र, रंग, नम्बर हेर्नुपर्छ  । छामेर पत्ता लगाउँदा नोटको खस्रोपन, मोटो, पातलो, डट लगायत विभिन्न विधि अपनाउन सकिन्छ  ।

सक्कली नोट खस्रो हुन्छ  । नक्कली नोट चिल्लो हुन्छ  । प्रयोग गरेर छुट्याउनका लागि नोटमा पानीको थोपा हाल्नुपर्छ  । औंलाले हिर्काउनुपर्छ  । सक्कली नोट पानी परे पनि बिग्रिँदैन  । नक्कली नोटमा पानीको थोपा प‍र्यो भने रङ पोतिने, कागज गल्ने, छिट्टै लत्र्याकलुत्रुक हुने हुन्छ  ।

नयाँ नोटलाई औंलाले हान्दा ट्वाक्क–ट्वाक्क गरी कडा आवाज आउँछ  । नक्कली नोट वा अन्य कागजमा यस्तो आवाज आउँदैन  ।

नोटमा अघिल्लो र पछिल्लो भागमा फरकफरक विशेषता हुन्छन यसबारे जानेर हामी नोट सक्कली वा नक्कली छुट्याउन सक्छौं  ।-मेरोलगानी



प्रतिक्रिया दिनुहोस्