Logo

विरामी आमा स्याहार्न पुगेकी छोरीको कोरोना संक्रमणबाट मृत्यु



कावासोती, ९ कात्तिक । आमा विरामी परेपछि छोरी स्याहार्न पुगिन् । विरामी आमाको मृत्यु भयो । त्यसको ९ दिनपछि छोरीको पनि मृत्यु भयो । दुवैको कोरोना भाइरसको संक्रमणबाट मृत्यु पुष्टि भएको छ ।

यो घटना नवलपरासीको कावासोती नगरपालिका ११ को हो । आमाको २६ असोजमा निधन भएको थियो । ४० वर्षीया छोरीको ५ कात्तिकमा निधन भएको हो ।

मृतक महिलाको नजिकका आफन्तमध्ये कतिपयलाई कोरोना संक्रमण भएको छ । यो घटनाले कावासोती ११ मा शोक छाएको छ ।



प्रतिक्रिया दिनुहोस्