Logo

११२ वर्ष बाँचेकी यी महिला क्रिम र बटरकी सौखिन



एजेन्सी, ९ कात्तिक । ११२ वर्ष बाँच्नुको राज के होला ? धेरैलाई लाग्नसक्छ खानपानमा ध्यान । तर, ११२ वर्ष बाँचेकी बेलायती महिला जोआन हक्कार्डले खाना बार्दैनथिइन् । उनी क्रिम र बटर मज्जाले खान्थिन् ।

२९ मार्च सन् १९०८ मा जन्मिएकी हकार्डको शनिबार डोरसेटस्थित घरमै निधन भएको छ । हकार्डले यति लामो समय जिउनुको राजबारे सोध्दा आफूले डाइटिङको उपहास गर्ने गरेको सुनाएकी थिइन् । आफू क्रिम र बटर मज्जैले खाने समेत खुलाएकी थिइन् ।

उनले जीवनको प्रारम्भिक समय केन्यामा पनि बिताएकी थिइन् । उनी स्वतन्त्रता मन पराउने र यात्राको सौखिन थिइन् ।



प्रतिक्रिया दिनुहोस्