Logo

भार्डीको गोलले आर्सेनलमाथि लिसेस्टरको जीत



एजेन्सी, १० कात्तिक । जेमी भार्डी मैदानमा फर्किदा लिसेस्टरले आर्सेनलमाथि महत्वपूर्ण जीत निकालेको छ । गएराति इंग्लिस प्रिमियर लिग फुटबलमा भार्डीले लिसेस्टरका लागि ८० औं मिनेटमा गोल गरी टोलीलाई तीन अंक दिलाएका थिए ।

जीतसँगै लिसेस्टर अंक तालिकामा चौंथो स्थानमा उक्लिएको छ । आर्सेनल दशौं स्थानमा छ ।

पहिलो हाफमा आर्सेनलका लाकाजेटेले हेडमार्फत् गोल गरेपनि अफसाइड देखाइएको थियो । यसप्रति आर्सेनलका प्रशिक्षक माइकल अर्टेटाले असन्तुष्टि पोखे ।



प्रतिक्रिया दिनुहोस्