Logo

इपिएलमा छ खेलमै सबै २० टोलीको अपराजित यात्रा रहेन



एजेन्सी, १० कात्तिक । इभर्टनको अपराजित यात्रा साउथेप्टनले समाप्त गरेपछि इंग्लिस प्रिमियर लिग फुटबल रोचक बनेको छ । छ खेलमै इपिएलका सबै टोलीले कम्तिमा एक पराजय भोगेका छन् ।

अपराजित टोली इभर्टनले साउथेप्टनसँग गएराति २-० को पराजय व्यहोरेको थियो । हारका बाबजुद इभर्टन लिगको अंकतालिकामा पहिलो नम्बरमा छ ।

लिगमा यसपटक निकै प्रतिष्पर्धा देखिइसकेको छ । लिग विजेताको दौडमा रहेका टोली नै शुरुवाती हार र बराबरीमा रोकिन थालेपछि यसपटक विजेताले ८० अंक कटाए पुग्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्