Logo

उद्धव ठाकरेद्वारा कंगनामाथि ‘नमक हरामी’ को आरोप



एजेन्सी, १० कात्तिक । महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले बलिउड नायिका कंगना रनौटमाथि नमक हरामीको आरोप लगाएका छन् । मुम्बईमा कामका लागि आएर यही शहरको बदनामी गर्न खोजेको भन्दै कंगनाको नाम नलिई आलोचना गरेका हुन् ।

‘कसैले मुम्बईलाई पाकिस्तान नियन्त्रित काश्मिर भन्यो, उनीहरु कामको लागि मुम्बई आएर यही शहरलाई बदनाम गर्दैछन् । यो हदसम्मको नमक हरामी,’ आइतबार दशहरा रयालीमा बोल्दै ठाकरेले भने ।

उनले मुम्बई प्रहरी र आफ्ना छोरा आदित्य ठाकरेको बचाऊ गरे । सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा विहारको पुत्रलाई न्याय दिन कराइरहँदा महाराष्ट्रको पुत्रको हत्या गर्न खोजिएको समेत टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्