Logo

सुरक्षा थ्रेट भए विदेशी भूमिमा पनि लड्ने दोभालको अभिव्यक्ति



एजेन्सी, १० कात्तिक । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालले सुरक्षा थ्रेट भए विदेशी माटोमा समेत लड्ने बताएका छन् । उनले ऋषिकेशस्थित परमार्थ निकेतन आश्रममा सम्बोधन गर्दै भारतको सुरक्षा खतरा रहेको कुनैपनि स्रोत भएको माटोमा लड्ने अभिव्यक्ति दिएका हुन् ।

‘यो आवश्यक छैन कि हामी उनीहरुले चाहेको ठाउँमा लडौं । भारत जहाँ सुरक्षा खतरा जन्मन्छ त्यहीं लड्छ,’ टाइम्स अफ इन्डियाले दोभालको भनाई उदृत गर्दै लेखेको छ । आफूहरु व्यक्तिगत स्वार्थका लागि उग्र नभएको भन्दै आवश्यक पर्दा विदेशी माटोमा समेत लड्ने बताए ।

उनले भारतलाइ सभ्यताको मुलुक भन्दै संस्कृतिको धरातमा उभिएको बताए ।



प्रतिक्रिया दिनुहोस्