Logo

सन्दीप लामिछानेले दशैंको शुभकामना दिदै भने- टाढा भएपनि मन भने नेपालमै छ



काठमाडौं, १० कात्तिक । नेपालका क्रिकेट स्टार सन्दीप लामिछानेले विजयादशमीको शुभकामना दिदै सबैप्रति माया रहेको बताएका छन् । उनले आफू टाढा रहेपनि मन भने नेपालमै रहेको लेखेका छन् ।

सामाजिक सञ्जालमा शुभकामना दिदै उनले सबैमा प्रगतिको कामना गरेका छन् । उनले लेखेका छन्, ‘सम्पूर्णमा मेरो माया । टाढा भएपनि मन भने नेपालमै छ ।’

आइपिएल खेल्न सन्दीप हाल युएइमा छन् । उनी आइपिएल टोली दिल्लीमा आवद्ध छन् ।

उनले लेखेका छन्ः हिन्दुहरुको महान् चाड शुभ बिजया दशमीको पावन अवसरमा माता दुर्गा भवानीले हामी सबैको कल्याण गरुन् । सुख, शान्ति, समृद्धी तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना ! सुरक्षित र स्वास्थ्य रहनुहोस् ! सम्पूर्णमा मेरो माया। टाडा भएपनि मन भने नेपालमै छ। शुभ दशैं।



प्रतिक्रिया दिनुहोस्