Logo

उद्धव ठाकरेले ‘नमक हराम’ भनेपछि कंगनाको चुनौती (भडियोसहित)



एजेन्सी, १० कात्तिक । बलिउड नायिका कंगना रनौटले महाराष्ट्रको मुख्यमन्त्री उद्धव ठाकरेको चर्को आलोचना गरेकी छिन् । उनले ठाकरेमाथि महाराष्ट्रकै प्रतिष्ठामाथि आँच पुर्याएको आरोप लगाइन् ।

सामाजिक सञ्जाल ट्वटीरमा भिडियो पोष्ट गर्दै कंगनाले आफूमाथि असन्तुष्ट भएको भरमा सिंगो राज्यको प्रतिष्ठा गिराउने कार्य नगर्न समेत भनिन् । उनले भनिन्, ‘सत्ता आउँछ जान्छ तर सम्मान गुमेपछि फेरि फर्कदैन ।’

हिमाञ्चलबारे ठाकरेले तुच्छ वाध्य बोलेको भन्दै ठाकरेलाई कंगनाले चुनौती दिइन् । उनले भनिन्, ‘कण कणमा शिवपावर्ती विराजमान हिमाञ्चलका बारे उद्धव ठाकरेले तुच्छ कुरा गर्नुभएको छ ।’

यसअघि आइतबार कंगनाको नाम नलिई ठाकरेले नमक हरामी भनेका थिए ।



प्रतिक्रिया दिनुहोस्