Logo

विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ३३ लाख नाघ्यो



काठमाडौं, १० कात्तिक । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ४ करोड ३३ लाख नाघेको छ । जसमध्ये मृतकको संख्या ११ लाख ५९ हजार नाघेको छ ।

३ करोड १९ लाख संक्रमणमुक्त भएका छन् । विश्वभर एक करोड २ लाख सक्रिय संक्रमित रहेका छन् ।

अमेरिकामा ८८ लाख संक्रमितमध्ये २ लाख ३० हजारको मृत्यु भएको छ । भारतमा ७९ लाख संक्रमितमध्ये एक लाख १९ हजारको मृत्यु भएको छ । ब्राजिलमा ५३ लाख संक्रमितमध्ये एक लाख ५७ हजारको मृत्यु भइसेको छ ।



प्रतिक्रिया दिनुहोस्