Logo

यस वर्ष प्रधानमन्त्री ओलीले लगाएनन् दसैँको टीका



काठमाडौं,१० कात्तिक । प्रधानमन्त्री के पी शर्मा ओलीले यस वर्ष विजया दशमीको टीका लगाएनन् । उनका बुबा मोहनप्रसाद ओली गृह जिल्ला झापामा भएकाले यस वर्ष टीका लगाउन नपाएका हुन् ।

ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई प्रधानमन्त्री निवास बालुवाटारमा टीका लगाइदिएका छन् । कोरोना महामारीको उच्च जोखिम रहेको कारण बालुवाटारमा अरु टीकाको कार्यक्रम नभएको जनाइएको छ ।

यसपाली बडा दशैंलाई काेभिड- १९ का कारण पारिवारिक रूपमा मात्रै मनाउन प्रधानमन्त्रीले देशवासीका नाममा संबाेधन गर्दै विशेष आग्रह गरेका छन् ।-Photo Source: Twitter page of Surya Thapa



प्रतिक्रिया दिनुहोस्