Logo

अमेरिकी विदेशमन्त्री पम्पिओ र रक्षामन्त्री इस्पर किन एकसाथ पुगे भारत ?



एजेन्सी, १० कात्तिक । अमेरिकी विदेशमन्त्री माइक पम्पिओ र रक्षामन्त्री मार्क टी इस्पर एकसाथ भारत पुगेका छन् । दुवैजना सोमबार दिउँसो नयाँ दिल्ली उत्रिएका हुन् ।

पम्पिओ विशेष विमानबाट पत्नी सुजन पम्पिओको साथ अमेरिका पुगेका हुन् । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालसँग भेट्ने तय भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

पम्पिओ र इस्परले समकक्षीहरु जयशंकर र राजनाथ सिंहसँग अलग्गै र संयुक्त रुपमा भेट्ने कार्यक्रम तय भएको छ । अमेरिकी राष्ट्रपति चुनाव ३ नोभेम्बरका लागि तय भइरहँदा पम्पिओ भारत, श्रीलंका, मालदिभ्स हुँदै इन्डोनेशियाको भ्रमणमा निस्किएका हुन् ।

पम्पिओ र इस्परको एकसाथको एशिया भ्रमण चीनलाई दक्षिण र दक्षिणपूर्वी एशियामा काउन्टर दिने अभिप्रायले हुनलागेको चर्चा चलिरहेको छ । चिनियाँ पक्षले अमेरिकाले आफ्ना निकटस्थ मुलुकहरुलाई धम्क्याएको आरोप लगाइरहँदा पम्पिओको यो भ्रमण हुन लागेको हो ।-तस्बिर स्रोतः एएनआइ 



प्रतिक्रिया दिनुहोस्