Logo

प्रधानमन्त्री र रअ प्रमुखबीचको भेटबारे पार्टीमा छलफल हुन्छ, मैले प्रधानमन्त्री भेट्न नपाएको ६ महिना भैसक्यो : प्रवक्ता श्रेष्ठ



काठमाडौ, १० कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता एवम राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले रअ प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटवार्ता अब पार्टीभित्र छलफलको विषय बन्नुपर्ने बताएका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्,‘प्रधानमन्त्रीले रअ प्रमुखसँग गरेको भेट अब पार्टीभित्र छलफलको विषय बन्छ । उहाँले किन भेट्नुभएको हो, यो क्लियर कट गर्नुपर्छ ।’ उनले रअ प्रमुखलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूता बनेर ल्याएको भए सरकार किन बोलेन ? भन्दै प्रश्न समेत तेर्साए ।

उनले भने,‘रअ प्रमुखको भेट यसरी गोप्य राख्नु गलत हो । उहाँहरुबीच के के कुराकानी भयो, त्यो सार्वजनिक गर्नुपर्छ ।’ उनले नेपाल–भारत द्धिपक्षीय समस्या समा विवाददेखि सबै समस्याको कुटनीतिक वार्तामार्फत समाधान हुनुपर्छ भन्ने धारणा राखे । त्यस्तै, उनले मन्त्रिमण्डल पूनर्गठन हुनुपर्ने पनि बताएका छन् । उनले भने,‘अस्तिको पनि सल्लाहर नगरी गरिएकोृ हो । पार्टीको स्थायी कमिटीको सिपरिटअनुसार सरकारले काम गर्न सकने । पार्टी एकीकरण टुँग्गिएन ।’ उनले प्रधानमन्त्री ओलीलाई आफूले भेट्न नपाएको ६ महिना भएको पनि सुनाए । उनले भने,‘त्यही बैठकमा अलि अलिक कुरा भयो । प्रधानमन्त्रीलाई सुझाव दिन्छु भन्दा बालुवाटारले अहिलेसम्म भेट्नका लागि समय दिएन ।ड



प्रतिक्रिया दिनुहोस्