Logo

प्रधानमन्त्री ओलीद्धारा राष्ट्रपतिको हातबाट टिका ग्रहण



काठमाडौं, १० कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शीतल निवासमा पुगी राष्ट्रपति विद्यादेवी भण्डारीबाट बडा दशैको टीका ग्रहण गरेका छन् । उक्त क्रममा राष्ट्रपतिले टीका र जमराको माला लगाइदिएकी छिन् ।

उक्त अवसरमा प्रथम महिला राधिका शाक्यले पनि राष्ट्रपतिबाट बडा दशैंको टीका र जमराकने माला ग्रहण गरेकी हुन् । प्रधानमन्त्री ओलीका पिताजी मोहनप्रसाद ओली गृहजिल्ला झापामा रहेको हुनाले उनले आफ्नो निवासमा प्रथम महिला राधिका शाक्यलाई मात्र दशैंको टीका लगाइदिएको उनको सचिवालयले जनाएको छ । तस्विर : प्रधानमन्त्रीको सचिवालय



प्रतिक्रिया दिनुहोस्