Logo

नेहा कक्करको विवाहको रोजाईमा रातो पोशाक



एजेन्सी, १० कात्तिक । लोकप्रीय भारतीय गायिका नेहा कक्कर विवाहमा बाँधिएकी छिन् । उनको शनिबार रोहनप्रित सिंहसँग विवाह भयो ।

विवाहमा नेहा रातो पोशाकमा सजिएकी थिइन् । उनी पक्का हिन्दु संस्कृतिकी दुलही जस्ती देखिन्थिन् । तर, उनीहरुको विवाह भने गुरुद्वारामा भएको हो ।

रोहनप्रित पञ्जाबी हुन् । यी दुईबीचको प्रेम विवाहमा परिणत भएको हो ।

विवाहको रिसेप्सनमा पनि नेहा रातो पोशाकमा सजिएकी थिइन् । उनी रोहनसँग खुशीले नाँचेको भिडियो समेत सार्वजनिक भएको छ ।



प्रतिक्रिया दिनुहोस्