Logo

चाँडै कोरोना भाइरसलाई जित्ने छौँः राष्ट्रपति भण्डारी



काठमाडौँ, १० कात्तिक: राष्ट्रपति विद्यादेवी भण्डारीले चाँडै कोरोना भाइरसलाई जित्ने र आगामी दशैँ सदाझैंँ हर्षोल्लासपूर्वक मनाउने विश्वास व्यक्त गर्दै बडादशैँका उपलक्ष्यमा सबैमा पुनः शुभकामना दिएकी छिन् ।

आज अपराह्न ट्वीट गर्दै उनले कोभिड–१९ महामारीका कारण सबै आफन्तजन र आमनागरिकसँग दशैँ मनाउन सम्भव नभएको र आफूले आमाका हातबाट आशीर्वाद थाप्नाका साथै छोरी–ज्वाइँ एवं नातिनीहरूलाई टीका प्रदान गरेको उल्लेख गरेकी छिन् ।-रासस

 



प्रतिक्रिया दिनुहोस्