Logo

मास्क लगाएर टीका ग्रहण, ४३ हजारभन्दा धेरै संक्रमित आइसोलेसनमै



कात्तिक १०, काठमाण्डौ । कोरोना संक्रमणको जोखिमका कारण यसवर्ष दशैँको टिका ग्रहण गर्दा अधिकांशले मास्क लगाएको पाइयो । घरमा टीका लगाउँदा र मान्यजनको टीका लगाउन घरबाहिर जाँदा धेरैले मास्क प्रयोग गरेका थिए ।

संक्रमणको सिकार नभएकाहरुले मास्क लगाएर टिका कार्यक्रम गरे पनि यस वर्ष ४३ हजारभन्दा धेरै संक्रमित व्यक्तिहरुले दशैँको टिका लगाउन पाएनन् ।

अहिले पनि नेपालमा ४३ हजार २ सय ९३ जना व्यक्ति संक्रमित रहेका छन् । उनीहरु सबै आइसोलेसनमा छन् । ३२ हजार ६ सय ७ जना होम आइसोलेनमा छन् भने २ सय ८५ जना आइसियु र ६४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

क्वारेन्टिनमा रहेका २ हजार ९ सय ६९ जनाको दशैँ पनि यसपटक खल्लो भयो ।

संक्रमणको अवस्थालाई मध्यनजर गर्दै साथीभाइ र आफन्त भेला भएर मनाइने यो चाडलाई धेरैले यसपटक परिवारमा नै सीमित गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्