Logo

भारतीय सेना प्रमुख नेपाल भ्रमणमा आउँदैै



काठमाडौं, कार्तिक ११ । भारतीय सेनाका प्रमुख जनरल मनोज मुकुन्द नरवाणे नेपाल भ्रमणमा आउने भएका छन।

नरवाणे आगामी नोभेम्बर ४ पछि तीन दिने नेपाल भ्रमणमा आउने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

गतसाता भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल नेपाल आएका थिए । गोयतको भ्रमण लगत्तै अर्को सुरक्षा निकाय प्रमुखको नेपाल भ्रमण तय भएको समाचारहरुमा उल्लेख छ ।

गोयल र प्रधानमन्त्रीबिचको भेट कुटनीतिक मर्यादा विपरित भएको भन्दै अझै नेपालमा चर्को आलोचनाका बिच नरवाणेको भ्रमण तय भएको हो ।



प्रतिक्रिया दिनुहोस्