Logo

बेहुलीलाई १३ हजार अमेरिकी डलर जरिवाना



लन्डन, कात्तिक ११ । दक्षिण लण्डनस्थित एक विवाह समारोहमा नयाँ बेहुलीलाई कोभिड–१९ नियन्त्रण उपाय उल्लङ्घन गरेको आरोप लागेको छ ।

बेहुलीमाथी कोभिड नियन्त्रणको लागि अपनाइएको नियमको उल्लङ्घन
गरेको आरोप मात्र होईन बेलायती प्रहरीले १३ हजार अमेरिकी डलर जरिवानासमेत तोकेको छ ।

प्रहरीले विवाहमा दुई सय भन्दा बढी पाहुनालाई नियम विपरित सहभागी गराएको बताएको छ । प्रहरीले विवाहमा उपस्थित पाहुनलाई समेत घर पठाएको थियो ।

बेलायती सञ्चार माध्ययमका अनुसार बेहुलीलाई प्रहरीले पक्राउ गरी १३ हजार अमेरिकी जरिवानासम्म तिर्नेसर्तमा धरौटीमा रिहा गरेको उल्लेख छ ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्