Logo

नेपालमा कोरोनाः आठ सय ६२ जनाले ज्यान गुमाए



काठमाडौं, कार्तिक ११ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या आठ सय ६२ पुगेको छ । पछिल्लो समय संक्रमितसंगै ज्यान गुमाउनेको संख्या समेत बढ्दै गएको हो ।

सोमबार मात्रै नेपालमा १५ जनाले संक्रमणकै कारण ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा एक लाख ५९ हजार आठ सय ३० जनामा कोरोना पुष्टि भइसकेको छ ।

त्यस्तै, एक लाख १५ हजार ६ सय ७५ जनाले कोरोना जितेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा ४४ हजार एक सय ५५ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्