Logo

यस्तो छ आजको मौसम



काठमाडौं,कार्तिक ११ । आज देशका अधिकांश भेगको मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने उल्लेख छ ।

आज देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

यस्तै आज रातिसम्म प्रदेश १ र बाग्मती प्रदेशका केही भूभागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

 



प्रतिक्रिया दिनुहोस्