Logo

मान्यजनबाट आजपनि टिका र जमरा लगाइँदै



काठमाडौं,कार्तिक ११ । बडादशैंपछिको दोस्रो दिन मंगलबारपनि मान्यजनबाट दशैंको टिका र जमरा लगाउने कार्य जारी रहेको छ। हिजो लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर आज पनि टिका लगाउने गरिन्छ।

नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ।

 



प्रतिक्रिया दिनुहोस्