Logo

रोकिएको मीनि ट्रकमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु



कैलाली, कार्तिक ११ । रोकिएको मीनि ट्रकमा मोटरसाइकल ठोकिदा धनगढीमा एक जनाको मृत्यु भएको छ ।

सोमबार राती धनगढी–अत्तरिया सडकको बोराडाडी खण्डमा से १ प ८७६१ को नम्बरको मोटरसाइकल से १ त ६१७ नम्बरको मीनि ट्रकमा ठोकिएको हो । दुर्घटनामा घाइते मोटरसाइकल चालकको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्