Logo

टिकाको आज दोश्रो दिन, चहलपहल सामान्य



काठमाडौं, कार्तिक ११ । आश्विन शुक्लपक्ष टिकाको आज दोश्रो दिन । आजको दिनलाई पापाङकुशा र बोलीचालीमा गिद्धे एकादशी पनि भन्ने गरिन्छ ।

आज पनि आफन्त तथा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाई आशिर्वाद लिने गरिन्छ । कोरोना महाकारीका कारण विगत वर्षहरुमा जस्तै ठूलो जमघट र भेटघाट नभएपनि मान्यजनहरुबाट टिका थाप्नेको चहलपहल सामान्य देखिएको छ ।

विजया दशमीको दिनदेखि सुरु भएको टिका कोजाग्रत पूर्णिमासम्म लगाउने चलन छ ।



प्रतिक्रिया दिनुहोस्